News Griha :: न्यूजगृह
सुनसरी र झापामा भारी वर्षा

काठमाडौं— सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

उक्त स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

लगातारको वर्षासँगै देशभरका नदीमा पानीको सतह बढेको छ । 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०५:५४
Weather Update