News Griha :: न्यूजगृह
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशको पूर्वी भेगमा भारी वर्षा हुने जनाएको छ ।

आज बिहीबार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ । सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएको छ । त्यस कारण नेपाको पूर्वी भूभागसँगै बाग्मती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । 

weathers mausam1689213060.JPG

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:२८
Weather Update