छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले साउन १२ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं— काठमाडौं महानगरपालिले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि बिहीबारदेखि आवेदन लिने भएको छ ।
संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले छनोट परीक्षामा सम्मिलित हुन आज बिहीबारदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन् ।
महानगरले साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म छनोट परीक्षा सञ्चालन गर्नेगरी यसअघि नै विज्ञापन गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० ०७:११