अझै केही दिन देशैभर मनसुनी वर्षा हुने मंगलबार, साउन २३, २०८०

बाग्मती नदीले खतरा तह पार गर्यो मंगलबार, साउन २३, २०८० बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले खतरा तह पार गरेको जानकारी दिएको छ ।

बनेपाको धनेश्वर क्षेत्र डुबानमा, पुलमाथि खोला मंगलबार, साउन २३, २०८० निरन्तरको भारी वर्षाका कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । बनेपा पनौती सडकखण्डअन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो ।

पहिरोले घोराही–लमही सडक अवरुद्ध मंगलबार, साउन २३, २०८० घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीचबाटोमा अलपत्र मंगलबार, साउन २३, २०८०

काठमाडौंमा भारी वर्षा,सामाखुसी क्षेत्र डुबानमा मंगलबार, साउन २३, २०८० गएरातिदेखिको भारी वर्षाका कारण काठमाडौंको सामाखुसी क्षेत्र डुबानमा परेको छ ।

मनोहरा नदीको जलसतह बढ्याे, उच्च सतर्कता अपनाऔँ : बाढी पूर्वानुमान महाशाखा मंगलबार, साउन २३, २०८० बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरको सिमानामा रहेको मनोहरा नदीको जलसतह बढेको जनाएको छ ।

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध, यात्रु अलपत्र मंगलबार, साउन २३, २०८० बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।

भीमदत्त राजमार्ग अवरुद्ध,पहिरो पन्छ्याउने काम जारी मंगलबार, साउन २३, २०८० कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध मंगलबार, साउन २३, २०८० मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाडौंका यी नदीमा बाढी, सतर्कता अपनाउन आग्रह मंगलबार, साउन २३, २०८० बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपास भारी वर्षा भएको जनाएको छ ।

आज दिनभर भारी वर्षाको पूर्वानुमान मंगलबार, साउन २३, २०८०

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध मंगलबार, साउन २३, २०८० नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।









