बाग्मती नदीले खतरा तह पार गर्यो

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले खतरा तह पार गरेको जानकारी दिएको छ ।
महाशाखाले खोकना,ललितपुर बाढीमापन केन्द्रमा बाग्मतीको जल सतहले खतरा तह पार गरेको मंगलबार बिहान जनाएको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले बाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०९:०८













