शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउशुक्रबार, मंसिर १४, २०८१
-1714286791.jpg)
उपचुनावको मतपरिणाम आयोगको बेवसाइटमा हेर्न सकिने शुक्रबार, मंसिर १४, २०८१ मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।

सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी शुक्रबार, मंसिर १४, २०८१ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका अहेबविरुद्ध आरोपपत्र दायर शुक्रबार, मंसिर १४, २०८१ शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका एक अहेबविरुद्ध आरोपपत्र दायर भएको छ। डडेल्धुराको, पर्शुराम नगरपालिका जोगबुढा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो।

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो शुक्रबार, मंसिर १४, २०८१ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो। दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो। उनीमाथि आइतबार बयान लिइने छ।

केसीलाई रथीको दर्ज्यानी, दिइयो बलाध्यक्षको जिम्मेवारी शुक्रबार, मंसिर १४, २०८१ उनलाई शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट, दर्ता हुन बाँकी शुक्रबार, मंसिर १४, २०८१ उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको छ। यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो।
-1732881098.jpg)
रामेछाप दुर्घटना: मृतक ४ जनाको मात्रै सनाखत शुक्रबार, मंसिर १४, २०८१ काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

दुर्घटनामा रामेछापको गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु शुक्रबार, मंसिर १४, २०८१ शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।

रामेछापमा गाडी दुर्घटना, ५ जनाको मृत्यु शुक्रबार, मंसिर १४, २०८१ रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो।

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन उच्च अदालत पाटनको आदेश शुक्रबार, मंसिर १४, २०८१ न्यायाधीशहरु टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २०८१ असोज २२ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

नेपाल प्रहरीका असईले आफैँलाई हाने गोली शुक्रबार, मंसिर १४, २०८१ तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी शुक्रबार, मंसिर १४, २०८१ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।