बढ्यो पेट्रोलको भाउआइतबार, मंसिर १६, २०८१

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन आइतबार, मंसिर १६, २०८१ जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
-1732963155.jpg)
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव आइतबार, मंसिर १६, २०८१ विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि दुई प्रहरी घाइते, एकको अवस्था गम्भीर शनिबार, मंसिर १५, २०८१ प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो।

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो शनिबार, मंसिर १५, २०८१ नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

ट्राफिकको 'स्पिड चेकिङ'मा मोटरसाइकल दुर्घटना, किशोरीको मृत्यु शनिबार, मंसिर १५, २०८१ ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन्। प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ शनिबार, मंसिर १५, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ। एअर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित शुक्रबार पक्राउ परेका हुन्।

तारकेश्वर दुर्घटनामा दुईजनाको मृत्युपछि अवस्था तनावग्रस्त शनिबार, मंसिर १५, २०८१ बा४ ख ७१११ को गाडीको ढोकामा झुन्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर–८ लामबगरमा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
-1732881098.jpg)
रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत शनिबार, मंसिर १५, २०८१ रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।

शेरबहादुर देउवाको धनगढी निवास बाहिर बम राखेको आरोपमा युवक पक्राउ शनिबार, मंसिर १५, २०८१ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पशुपति क्षेत्रमा शतबीज छरियो शनिबार, मंसिर १५, २०८१ पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो। शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति...

७ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम, अन्य कुन ठाउँको कति? शनिबार, मंसिर १५, २०८१ मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –४.४ डिग्री सेल्सियस छ।

काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने शनिबार, मंसिर १५, २०८१ प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।