अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदैमंगलबार, मंसिर १८, २०८१

जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण मंगलबार, मंसिर १८, २०८१ जाडोयाम सुरु भइसक्दा पनि डेङ्गु सङ्क्रमण घटेको छैन। यस वर्ष सोमबारसम्म देशभर डेङ्गु सङ्क्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेङ्गु मंसिर १४ सम्म ३४ हजार ९० जना सङ्क्रमित पुष्टि भएको छ।

बयानको लागि रवि लामिछानेलाई चितवन लगियो मंगलबार, मंसिर १८, २०८१ सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। उनलाई बुद्ध एअरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
-1733194354.jpg)
सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया मंगलबार, मंसिर १८, २०८१ जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत मंगलबार, मंसिर १८, २०८१ मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन्।

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा... मंगलबार, मंसिर १८, २०८१ शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

मध्यरातमा पर्यटनमन्त्री पाण्डेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन मंगलबार, मंसिर १८, २०८१ मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ। गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो।

कस्तो रहला मौसम ? मंगलबार, मंसिर १८, २०८१ देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

काठमाडौं सरकारी वकिल कार्यालयमा सकियो रवि लामिछानेको बयान, सोधियो ७५ प्रश्न सोमबार, मंसिर १७, २०८१ सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिन लगाएर लिइएको बयान सोमबार साँझ करिब ६ बजे सकिएको हो। उनको बयान सोमबार बिहान ११ बजेदेखि जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाले लिएका हुन्।

सुडान घोटाला प्रकरण: भ्रष्टाचारी ठहर भएका राणालाई पेन्सन दिन सर्वोच्चको अन्तरिम आदेश सोमबार, मंसिर १७, २०८१ न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो ।

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ सोमबार, मंसिर १७, २०८१ मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए ।

रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सोमबार, मंसिर १७, २०८१ युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाल र निरौलाको इजलासमा पेसी सूचीको ३० नम्बरमा परेको थियो ।

रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा सोमबार, मंसिर १७, २०८१ त्यही निर्णयका विरुद्ध २०७९ चैत २० मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ । युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।









