News Griha :: न्यूजगृह
कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने
कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ। कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
गाडी दुर्घटना हुँदा ८ जना घाइते
गाडी दुर्घटना हुँदा ८ जना घाइते महेन्द्रनगरबाट धनगढीतर्फ तीव्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ। कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको  हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो।
मंसिर २३ मधेसमा सार्वजनिक बिदा 
मंसिर २३ मधेसमा सार्वजनिक बिदा  मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सँख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए।
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ रौतहटको चन्द्रनिगाहापुर नगरपालिकामा रहेको आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।
चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने
चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने छ। जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोका डीआईजी नविन्द अर्यालले बताए।
रवि लामिछाने सरकारी वकिल कार्यालयमा, समर्थक सडकमा
रवि लामिछाने सरकारी वकिल कार्यालयमा, समर्थक सडकमा सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।
नरेश भट्टमाथि ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस
नरेश भट्टमाथि ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ। नरेश र ममताको एक वर्षीया छोरी छिन्। अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, 'मेरो मुटु दुःखेको छ।'
एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ
एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
सडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन
सडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ।शिवपुरी गाउँपालिका–४ स्थित आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको
६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम
६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।
Weather Update