कुनै विशेष प्रणाली सक्रिय नरहे पनि वर्षाको सम्भावनाशुक्रबार, मंसिर २१, २०८१
-1733444545.jpg)
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष शुक्रबार, मंसिर २१, २०८१ सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन्।स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीबार पक्राउ परेका हुन्।

इजरायली राजदूतावासले भन्यो— विपिन जोशी जीवित छन् बिहीबार, मंसिर २०, २०८१ इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।बिहीबार काठमाडौंमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताए।
-1714474494.jpg)
'गृहमन्त्रीको पीए हुँ' भन्दै ठग्ने पक्राउ बिहीबार, मंसिर २०, २०८१ गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

हत्या गरेर भागेकी गोले १५ वर्षपछि पक्राउ, ०७२ सालमै तोकिएको थियो १२ वर्ष कैद बिहीबार, मंसिर २०, २०८१ २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

दुर्गा प्रसाईंमाथि भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोप, पक्राउ पुर्जी जारी बिहीबार, मंसिर २०, २०८१ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे।

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन बिहीबार, मंसिर २०, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए। एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेस गर्ने जनाइएको छ।

अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने एक जना पक्राउ बिहीबार, मंसिर २०, २०८१ पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी छन्। उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ।
-1733391355.jpg)
इतिहारकार पुरूषोत्तम शमशेर राणाको निधन बिहीबार, मंसिर २०, २०८१ ९९ वर्षीय राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।

दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी बिहीबार, मंसिर २०, २०८१ सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुलास्थित शाखामा चोरी भएको छ। मंसिर १८ गते राति बैंकमा चोरी भएको र चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

भैरहवाबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान, ४ हजार ७ सय यात्रुले लिए सेवा बिहीबार, मंसिर २०, २०८१ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। नोभेम्बर ३(१८ कात्तिक) देखि डिसेम्बर ३(१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द बिहीबार, मंसिर २०, २०८१ यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो। यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो।

करेन्ट लागेर २ जनाको मृत्यु बिहीबार, मंसिर २०, २०८१ मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ।