News Griha :: न्यूजगृह
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा छुट्टाछुट्टै घटनाका तीनजना आरोपी पक्राउ परेका छन्।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली पुगे अस्पताल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली पुगे अस्पताल प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे।
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बाप्र ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो।
चिसो बढेसँगै माछामासुको कारोबार बढ्यो
चिसो बढेसँगै माछामासुको कारोबार बढ्यो माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताए। चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उनको भनाइ छ।
प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप
प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गरेको छ।
नेपालमा ३ विषादी प्रतिबन्ध
नेपालमा ३ विषादी प्रतिबन्ध कृषि मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ।
ललितपुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण झन् बढ्यो
ललितपुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण झन् बढ्यो जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ। महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो।
चितवनको हात्ती महोत्सव बन्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
चितवनको हात्ती महोत्सव बन्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले शुक्रबार नेपाल पर्यटन बोर्डको कार्यलय भृकुटीमण्डपको गेटमा प्रदर्शनी गर्दै महोत्सव बन्द गर्नु पर्ने माग गरेका हुन्। उनीहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिएको भन्दै यसअघि पनि विरोध गर्दै आएका थिए।
विदेश उड्न लाग्दा पक्राउ परे सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपित
विदेश उड्न लाग्दा पक्राउ परे सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपित पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ छन्।
हिउँदको पहिलो वर्षा : यी भेगमा पर्नेछ पानी
हिउँदको पहिलो वर्षा : यी भेगमा पर्नेछ पानी यो वर्षको हिउँदको पहिलो वर्षा आउँदो सोमबार हुने सम्भावना छ। देशका केही स्थानमा त्यस दिन वर्षा हुने अनुमान गरिएको छ। आइतबार रातिदेखि नै बदली (आकाशमा बादल) बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भूटानी राजा काठमाडौंमा
भूटानी राजा काठमाडौंमा भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन्।उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्। उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने
भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ।
Weather Update