News Griha :: न्यूजगृह
यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका भू–भागहरू तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना
आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
१ करोड मूल्य बराबरको ६० किलो चाँदीसहित १ जना पक्राउ
१ करोड मूल्य बराबरको ६० किलो चाँदीसहित १ जना पक्राउ पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका— ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार छन्।
कैलालीमा जुवातास खेलिरहेका ८ जना पक्राउ
कैलालीमा जुवातास खेलिरहेका ८ जना पक्राउ कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुरे गाउँपालिका–५, खानीडाँडा बजारका अर्जुन सापकोटासहितका व्यक्तिहरू छन्।
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज' अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपरान्ह डिस्चार्ज भएको जानकारी दिए।
संक्रमणकालीन न्यायका पदाधिकारीका लागि ४० जना संक्षिप्त सूचीमा छनोट
संक्रमणकालीन न्यायका पदाधिकारीका लागि ४० जना संक्षिप्त सूचीमा छनोट संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीका लागि ४० जनालाई संक्षिप्त सूचीमा छनोट गरिएको छ। सिफारिश समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ जनालाई संक्षिप्त सूचीमा छनोट गरेको हो।
कार र बस ठोक्किँदा दुई जनाको मृत्यु
कार र बस ठोक्किँदा दुई जनाको मृत्यु भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।
 कपिलवस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
 कपिलवस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन्। जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ।
पाथीभराको घण्टी बिक्री स्थगन
पाथीभराको घण्टी बिक्री स्थगन पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ। घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो।
आइतबार साँझदेखि मौसम बदली: यी ठाउँमा हुनेछ वर्षादेखि हिमपात, चिसो पनि बढ्ने
आइतबार साँझदेखि मौसम बदली: यी ठाउँमा हुनेछ वर्षादेखि हिमपात, चिसो पनि बढ्ने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अण्डाको मूल्य बढ्यो, किसान उत्साहित
अण्डाको मूल्य बढ्यो, किसान उत्साहित भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ।
Weather Update