कैलालीमा जुवातास खेलिरहेका ८ जना पक्राउ

काठमाडौं— कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुरे गाउँपालिका–५, खानीडाँडा बजारका अर्जुन सापकोटासहितका व्यक्तिहरू छन्।
सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
प्रहरीका अनुसार, नगद ५५ हजार ९९० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १९:१३