News Griha :: न्यूजगृह
१ करोड मूल्य बराबरको ६० किलो चाँदीसहित १ जना पक्राउ

काठमाडौं— १ करोड २ लाख मूल्य बराबरको ६० किलो चाँदीसहित १ जनालाई बारा प्रहरीको पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका— ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार छन्।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौँडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ६० किलो चाँदी बरामद भएको हो।

उक्त चाँदी स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई लुकाएर राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो।   

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १९:४१
Weather Update