कपिलवस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
-1733552748.jpg)
काठमाडौं — मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको हो।
काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए। उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १२:१०