News Griha :: न्यूजगृह
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ

काठमाडौं — नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक युवालाई पक्राउ गरेको छ।

बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बाप्र ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो।

उनको कालो रंगको झोलामा लागूऔषध ट्रामाडोल ५० पत्ता (जम्मा ५०० ट्याब्लेट) रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

ताप्लेजुङ घर भई हाल काठमाडौंको शंकरापुर नगरपालिका, वडा नम्बर–७ मा उनी बस्दै आएका थिए। पक्राउ परेका लाम्बुबारे प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १७:२७
Weather Update