कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था?

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको मङ्सिर १९ गते शल्यक्रिया भएको थियो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १८:११