News Griha :: न्यूजगृह
भूटानी राजा काठमाडौंमा

काठमाडौं — भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन्।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्। उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:४९
Weather Update