News Griha :: न्यूजगृह
कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर मौसम मूख्यतया सफा रहेको जनाएको छ।  

तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ। कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको विभागले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०६:१८
Weather Update