News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं — सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो। दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो। उनीमाथि आइतबार बयान लिइने छ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन्।

लामिछाने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा जोडिएका हुन्। उनलाई पोखराबाट बिहीबार साँझ काठमाडौं ल्याइएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:५०
Weather Update