News Griha :: न्यूजगृह
केसीलाई रथीको दर्ज्यानी, दिइयो बलाध्यक्षको जिम्मेवारी

काठमाडौं — नेपाली सेनाका प्रदीपजंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

उनलाई शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

मन्त्रिपरिषद्को मंसिर १० को निर्णयले केसीलाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाली सेनाका अनुसार पदोन्नति भएसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएका छन्।

केसी अब नेपाली सेनामा प्रधानसेनापति सिग्देल र बलाधिकृत रथी निर्मलकुमार थापापछि तेस्रो वरीयतामा परेका छन्। वरिष्ठ उपरथी भएपछि केसीलाई रथीमा बढुवा गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:४८
Weather Update