नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारीआइतबार, वैशाख ९, २०८१

मनास्लु हिमपहिरोः बूढीगण्डकी नदी आसपासका क्षेत्र उच्च जोखिममा आइतबार, वैशाख ९, २०८१ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ। मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए। पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए।

नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास आइतबार, वैशाख ९, २०८१ नेपाल आगलागी जोखिमको हिसाबले उच्च जोखिममा छ। विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३ का अनुसार नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, भूकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढीपहिरोको हिसाबले ३० औँ स्थानमा छ।वर्षेनी हुने शीतलहर, आगलागी, अतिवृष्टि, अनावृष्टि, हिमपात लगायतको कारणले सयौँको ज्यान जाने गरेको छ। रूपन्देहीमा अहिलेको समयमा दैनिक जसो...

महावीरको २६२३औँ जन्मजयन्ती आज, जनकल्याणको बाटोमा लाग्न राष्ट्रपति पौडेलको आग्रह आइतबार, वैशाख ९, २०८१ जैन धर्मका प्रवर्तक महावीरको २६२३औँ जन्मजयन्ती आज जैन धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाइँदैछ। उक्त अवसरमा राष्ट्रपति पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन्।

कतारका अमिर औपचारिक भ्रमणमा मंगलबार नेपाल आउँदै आइतबार, वैशाख ९, २०८१ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्। अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।

सस्तियो आलु, काउली, फर्सी र गाजरको भाउ आइतबार, वैशाख ९, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्ति कै मूल्यमा किनबेच भइरहेको छ।आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाजरसहितका तरकारीको मूल्य...

अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैमाथि आगो लगाएपछि... आइतबार, वैशाख ९, २०८१ अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो हो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।...

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता बिहीबार, वैशाख ६, २०८१ पोखरा–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए। पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन्। हराएपछि मात्रै थाहा पाए।
-1713432522.jpg)
इलाम–२ मा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी बिहीबार, वैशाख ६, २०८१ आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ। बिहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन्।
-1713431120.jpg)
मोरङमा भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक बिहीबार, वैशाख ६, २०८१ बुधबार रामनवमीका अवसरमा सहभागी दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सामूहिक रुपमा हुने कुनै पनि गतिविधिमा रोक लगाएको छ। अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको हो।

उद्योगमन्त्री भण्डारीको दाबी– अर्थतन्त्रमा सुधार आउन थालेको छ बिहीबार, वैशाख ६, २०८१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन्।

एन्फा उपाध्यक्ष दावा लामा रिहा बिहीबार, वैशाख ६, २०८१ लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न रहेको मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन्।

अख्तियारद्धारा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, वैशाख ६, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ५ गतेसम्ममा १० जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ। मुगु खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख राजिव रिमालसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो।









