News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी

काठमाडौं— नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने प्रकरणमा परेको मुद्दामा आइतबार सुनुवाइ भइरहेको छ। 

आज सर्वोच्चका न्यायाधीश न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सचिव टेकनारायण पाण्डेसहिका प्रतिवादीहरुको निवेदनमाथि सुनुवाइ भइरहेको हो। 

पाण्डेसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा. इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन्। 

यता निलम्बित सचिव पाण्डेले भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:४७
Weather Update