News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

रूपन्देही— नेपाल आगलागी जोखिमको हिसाबले उच्च जोखिममा छ। विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३ का अनुसार नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, भूकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढीपहिरोको हिसाबले ३० औँ स्थानमा छ।

वर्षेनी हुने शीतलहर, आगलागी, अतिवृष्टि, अनावृष्टि, हिमपात लगायतको कारणले सयौँको ज्यान जाने गरेको छ। रूपन्देहीमा अहिलेको समयमा दैनिक जसो विभिन्न स्थानमा आगलागीको घटना भइरहेका छन्। जोखिमलाई न्यूनिकरण गर्न र जनचेतना जगाउन सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रूपन्देहीले विपद् सम्बद्ध सरोकारवाला निकायको संयुक्त सहभागितामा आगलागी सम्बन्धी कृत्रिम घटना गरी सुरक्षाको उपायबारे अभ्यास गरेको छ। 

Prabhu Bank

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ३ पडरिया नजिकै लुम्बिनी विकास कोषको खेल मैदानमा २ वटा फुसको छाना भएको घरमा कृत्रिम आगो लगाई आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो। गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धी सचेतनाका लागि  कृत्रिम घटना अभ्यास गरिएको हो। 

बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरी बिपद् पूर्व तयारी अनुरूप अध्यास गरिएको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए। उनले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट साथसाथै आफूलाई विपद उद्धारमा समर्पित निकायको रुपमा विकास गर्दै आएको बताए। अभ्यासमा आगलागीको अवस्थामा घरहरूबाट घाइतेहरूको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रण यन्त्रद्वारा आगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेसन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरू अपनाउने तरिकाको नमुना अभ्यास गरिएको थियो।

‘विपद व्यवस्थापनको क्षेत्रमा विशिष्टीकृत जनशक्तिको विकासका साथै सशस्त्र प्रहरी कर्मचारीहरूलाई उद्धार क्षमता विकासका लागि विपद सम्बन्धी आधारभूत तालिम प्रदान गर्दै आएको छ। भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सीमित स्रोत साधनका बाबजुद पनि पीडितको उद्धार, राहत तथा अस्थायी आवास निर्माण काममा भूमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पीडितहरूको उद्धार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा सधैँ राखेको छ,’ एसपी थापाले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३७
Weather Update