गृहमन्त्री रवि लामिछानेको घोषणा- सञ्चालकको सम्पत्ति जफत गरी सहकारी पीडितको रकम फिर्ता गराउँछौँ मंगलबार, वैशाख ११, २०८१

राष्ट्रपति पौडेल र कतारी राजा थानीबीच शीतल निवासमा भेटवार्ता मंगलबार, वैशाख ११, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र कतारी राजा थानीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको हो।

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज मंगलबार, वैशाख ११, २०८१ करिब २० घण्टा नेपाल रहने गरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन्।
काठमाडौं आइपुगे कतारका राजा थानी मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका हुन्।
-1713856197.jpg)
नेपाल–कतार सम्बन्धको ४० वर्षः यस्ता छन् सम्झौताका नालीबेली मंगलबार, वैशाख ११, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन्। नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह मंगलबार, वैशाख ११, २०८१ नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग रसियन चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट मंगलबार, वैशाख ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।
लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री प्रचण्ड मंगलबार, वैशाख ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्।

गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएपछि... मंगलबार, वैशाख ११, २०८१ रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ।

वीरगञ्जमा सात घर जले, ५४ लाखको क्षति मंगलबार, वैशाख ११, २०८१ वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए। ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,’ उनले भने, ‘ठूलो आगलागी भएकाले पनि...

शुक्लाफाँटामा बाघको संख्या बढ्यो मंगलबार, वैशाख ११, २०८१ महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७...

कतारका राजालाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ उपहार दिइने मंगलबार, वैशाख ११, २०८१ दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिन लागेको हो। थानी आज अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

चितवन र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एकै परिवारका चारसहित ६ घाइते मंगलबार, वैशाख ११, २०८१ सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका चार जना घाइते छन्। सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो। दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो। दुर्घटनामा परेर घाइते भएका चार जनाको स्थानीय स्वास्थ्य संस्थामा...









