News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएपछि...

मलेखु— रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेको काठमाडौंतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो।

Prabhu Bank

केमिकलहरु एकआपसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए। 

गुड्दागुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमा रहेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:२२
Weather Update