News Griha :: न्यूजगृह
यस्तो छ तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्लाको वास्तविकता
यस्तो छ तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्लाको वास्तविकता सोमबार दिउँसो तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला सामाजिक सञ्जालमा मच्चियो। पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिन पुग्यो। एजरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ।
दाङमा सवारी दुर्घटनामा ११ महिनामा ९२ जनाको मृत्यु
दाङमा सवारी दुर्घटनामा ११ महिनामा ९२ जनाको मृत्यु जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ। ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो। 
ठूला भ्रष्टाचारको फाइल खोल्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार 
ठूला भ्रष्टाचारको फाइल खोल्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए।
व्यक्तिगत जग्गामा बिना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित
व्यक्तिगत जग्गामा बिना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित पाल्पा जिल्लास्थित तानसेन नगपालिका–१४ का वडाअध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घरहरुलाई जोखिममा पारेर सम्बद्ध व्यक्तिलाई जानकारी नै नदिई जबर्जस्ती डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन्। 
नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी, २० जना पक्राउ 
नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी, २० जना पक्राउ  नेपालमा नक्कली कम्पनी (डमी कम्पनी) खडा गरेर विभिन्न मुलुकबाट सुन तस्करी हुने गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरी विभिन्न समयमा भएका तस्करीको तथ्यांक सार्वजनिक गर्दै सो कुरा जनाएको हो।  
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ। मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन्। 
फिक्कल–नयाँबजार सडक कालोपत्र
फिक्कल–नयाँबजार सडक कालोपत्र इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो। 
धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते
धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
पहिरोले पुरिँदा बालकको मृत्यु
पहिरोले पुरिँदा बालकको मृत्यु पहिरोमा पुरिएर बालक प्रिन्स बिकको मृत्यु भएको हो। भने उनका बुबा रमेश घाइते छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए। 
सर्लाहीमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सर्लाहीमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु हरिवन नगरपालिका–१ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने
एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी)आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो। 
आगामी बिहीबारसम्म वर्षाको सम्भावना, आज यी क्षेत्रमा भारी वर्षा हुने 
आगामी बिहीबारसम्म वर्षाको सम्भावना, आज यी क्षेत्रमा भारी वर्षा हुने  विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको मौसम विज्ञान विभागको भनाइ छ। यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो। सो न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि सोमबारदेखि...
Weather Update