टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमाशुक्रबार, असोज २५, २०८१

१३ लाख मानिस उपत्यकाबाट बाहिरिए शुक्रबार, असोज २५, २०८१ एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो।१८ लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

काभ्रेमा बस र सुमो सुख्खा पहिरोमा पुरिए, बीपी राजमार्ग पुनः अवरूद्ध शुक्रबार, असोज २५, २०८१ सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका— ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ।

भान्सामा लडेर माधव नेपालकी पत्नी गायत्री घाइते शुक्रबार, असोज २५, २०८१ आज बिहान कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला भुइँमा पोखिएको दूधमा चिप्लिएर गायत्री घाइते भएकी हुन्।

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध शुक्रबार, असोज २५, २०८१ सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ। आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

झापाको हनुमान चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते शुक्रबार, असोज २५, २०८१ दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु शुक्रबार, असोज २५, २०८१ रिजाबाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दुर्घटनामा परेको थियो।

कोशी, मधेस र बागमती प्रदेशमा अझै मनसुनी वायुको प्रभाव शुक्रबार, असोज २५, २०८१ हाल कोशी र मधेस प्रदेशका अधिकांश भूभाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।

आज महाअष्टमी र महानवमी, नवरात्रको अन्तिम दिन शुक्रबार, असोज २५, २०८१ महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ।

बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आउने बिहीबार, असोज २४, २०८१ मन्त्रालयका सचिव केशवकुमार शर्मा नेतृत्वको टोलीले बिहीबार बिहानै बाढीले बगाएको राजमार्गका विभिन्न खण्ड हेरी डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउन लागिएको हो। 'हामी फिल्डमै छौँ, यहाँ युद्धस्तरमा काम भइरहेको छ,' उनले भने, 'कुनै समस्या आइनपरे शुक्रबार दिउँसोबाट सडक सञ्चालनमा आउने छ।'

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ बिहीबार, असोज २४, २०८१ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएका थिए। घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट गएको जीप दोलखामा दुर्घटना बिहीबार, असोज २४, २०८१ काठमाडौंबाट मेलुङ गाउँपालिका ४ जाँदै गरेको बागमती प्रदेशको ०१-०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका २ मा बिहीबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।
-1728441600.jpg)
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए बिहीबार, असोज २४, २०८१ महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए।