News Griha :: न्यूजगृह
भान्सामा लडेर माधव नेपालकी पत्नी गायत्री घाइते
गायत्री नेपाल/फाइल तस्बिर।

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन्।

आज बिहान कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला भुइँमा पोखिएको दूधमा चिप्लिएर गायत्री घाइते भएकी हुन्।

गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको छ। उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो। अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर गायत्रीलाई घरमा ल्याइएको छ।

उनको स्वास्थ्य अहिले सामान्य छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:३५
Weather Update