रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं— रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ।
रिजाबाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दुर्घटनामा परेको थियो।
दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो। सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो।
चिकित्सकले आज बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ ०८:३८