बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पतीशनिबार, असोज २६, २०८१

नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन शनिबार, असोज २६, २०८१ आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बैतडीमा युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ शनिबार, असोज २६, २०८१ बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए।

दसैँको टीका कता फर्किएर लगाउने? शनिबार, असोज २६, २०८१ दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ।

दसैँः कुन देशमा कहिले, कति बजे छ टीकाको साइत? शनिबार, असोज २६, २०८१ नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो।

मर्दी हिमालको हाईक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार शनिबार, असोज २६, २०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाई क्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ। असोज २२ गते राति हाई क्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन्।

दसैँको मुख्य दिन आज: मान्यजनको हातबाट टीका र जमरा लगाइँदै, ११:३६ बजेको साइत उत्तम शनिबार, असोज २६, २०८१ बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान...

तीन प्रदेशमा वर्षाको सम्भावना शनिबार, असोज २६, २०८१ मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बन्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शुक्रबार, असोज २५, २०८१ बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले जानकारी दिए।

पहिरो पन्छाएर एकतर्फी खुलाइयो बीपी राजमार्ग शुक्रबार, असोज २५, २०८१ शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो।

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री शुक्रबार, असोज २५, २०८१ होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए।
दसैँमा काठमाडौंका सडक सुनसान शुक्रबार, असोज २५, २०८१ दसैँको अष्टमी/नवमीको दिनमा राजधानीमा न्यून मात्रामा चलिरहेका सवारी साधन। राजधानीको दरबारमार्ग, रत्नपार्क, भद्रकाली सिंहदरबार, बानेश्वर, कोटेश्वर, बालकुमारीलगायत क्षेत्रका सडक सुनसान छन्।

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि शुक्रबार, असोज २५, २०८१ पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए। 'धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भूत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्,' अध्यक्ष चौधरीले भने।