News Griha :: न्यूजगृह
दसैँः कुन देशमा कहिले, कति बजे छ टीकाको साइत?

काठमाडौं— आज बडादसैँको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ।

नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।
विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो।

टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथिको आधारमा गरिन्छ। त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ।

उदाहरणका लागि अष्ट्रेलियामा दसैँको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टोबर (असोज २७ गते) परेको छ।

कुन देशमा टीकाको साइत कति बजे?, तालिका हेर्नुहोस्:

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०६:४५
Weather Update