माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्युसोमबार, असोज २८, २०८१

ठगीमा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ सोमबार, असोज २८, २०८१ जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) को घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहटको परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

काठमाडौं उपत्यकामा चहलपहल बढ्दै सोमबार, असोज २८, २०८१ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दसैँमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ सोमबार, असोज २८, २०८१ वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि पर्याप्त नभएको बताए । पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि...

सल्यानमा २० दिने सुत्केरीको मृत्यु सोमबार, असोज २८, २०८१ आइतबार बेलुकी खाना खाएकोपछि एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए।

कालीमाटीमा आलुको मूल्य किलोकै १०२ रुपैयाँ पुग्यो, अन्य तरकारीको कति? सोमबार, असोज २८, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी सोमबार, असोज २८, २०८१ आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन्।

४ लाख नगदसहित ५ जुवाडे पक्राउ सोमबार, असोज २८, २०८१ कावासोती वडा नम्बर २ हिमालचोकमा जुवाखेलीरहेको जानकारीका आधारमा ४ लाख ५ हजार नगद सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बर्दियाको नेपाल-भारत सिमानामा गोली प्रहार, एक घाइते सोमबार, असोज २८, २०८१ गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए। घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुर्याइएको थियो। उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए।

गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एअर एसियाले उडान गर्दै, के छ तयारी? सोमबार, असोज २८, २०८१ जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो।

चिसो बढ्यो सोमबार, असोज २८, २०८१ समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ। नेपालबाट मनसुन हिजो असोज २६ गते पूर्ण रूपमा बाहिरिएको हो। मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।

डेँगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै आइतबार, असोज २७, २०८१ पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै आइतबार, असोज २७, २०८१ प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। 'हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,' उनले भने, 'मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास...