प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरीबुधबार, असोज ३०, २०८१

दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल बुधबार, असोज ३०, २०८१ काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि विस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

भीरमा फालेर छ वर्षीय छोराको हत्या बुधबार, असोज ३०, २०८१ अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
-1729062069.jpg)
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ बुधबार, असोज ३०, २०८१ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो बुधबार, असोज ३०, २०८१ धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ।

सवारी दुर्घटना गराई भागेपछि... बुधबार, असोज ३०, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसिटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो।

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु बुधबार, असोज ३०, २०८१ डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।

सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना बुधबार, असोज ३०, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए मंगलबार, असोज २९, २०८१ काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन्।

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना मंगलबार, असोज २९, २०८१ सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

कित्ताकाट सहज हुँदापनि बढेन घरजग्गा कारोबार मंगलबार, असोज २९, २०८१ भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो। कित्ताकाट रोकिएपछि भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ।

दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान मंगलबार, असोज २९, २०८१ यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन्।

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा मंगलबार, असोज २९, २०८१ आइतबार इजरायली सेना युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफील)को मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।