News Griha :: न्यूजगृह
दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल
मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बसको छतमा समेत बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरू । दसैँ मनाउन घर गएका सर्वसाधारण काठमाडौं फर्किन थालेपछी सवारीसाधनमा यात्रुको चाप बढेको छ । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

काठमाडौं— दसैँ मनाउन गाउँ गएका फर्किने क्रम बढेको छ।

नेपालीहरूको महान चाड वडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ।

काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि विस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकाहरू सहित उभिएको देख्न सकिन्छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:५५
Weather Update