News Griha :: न्यूजगृह
अदालतको अवहेलना मुद्दामा बार अध्यक्ष घिमिरेलाई लिखित जवाफ बुझाउन आदेश
अदालतको अवहेलना मुद्दामा बार अध्यक्ष घिमिरेलाई लिखित जवाफ बुझाउन आदेश सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जवाफ दिन आदेश गरेको छ।उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैंअघि दर्ता भएको थियो।
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ।
गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप
गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।
एक लाख ८८ हजारसहित ६ जना जुवाडे पोखराबाट पक्राउ
एक लाख ८८ हजारसहित ६ जना जुवाडे पोखराबाट पक्राउ सूचनाका आधारमा पुगेको प्रहरीले होटेल स्यान्डी ब्लूमको एउटा कोठामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
५ रुसी आरोहीको शव धौलागिरिबाट काठमाडौं ल्याइयो
५ रुसी आरोहीको शव धौलागिरिबाट काठमाडौं ल्याइयो धौलागिरि प्रथम आरोहणका क्रममा मृत्यु भएका ५ रुसी आरोहीको शव काठमाडौंमा ल्याइएको छ । आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोईको शव बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । 
सिधा कुरालाई फेक अडिओ दिने तिमल्सिनाले धम्काएपछि सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा
सिधा कुरालाई फेक अडिओ दिने तिमल्सिनाले धम्काएपछि सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा दालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्। 
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा आज (कात्तिक १ गते) कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरि सार्वजनिक बिदा दिएको हो।
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । 
मौसम अनुकूल भएपछि एकैदिन ६९० पर्यटक लुक्ला पुगे
मौसम अनुकूल भएपछि एकैदिन ६९० पर्यटक लुक्ला पुगे नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका छ सय र काठमाडौंमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए । 
पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु शाही फरार
पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु शाही फरार ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।
इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी, सहायक हवलदारसहित ४ जना थुनामा
इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी, सहायक हवलदारसहित ४ जना थुनामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले बताए।
विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले अब १० लाख राहत पाउने
विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले अब १० लाख राहत पाउने यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको बताए।
Weather Update