News Griha :: न्यूजगृह
सिधा कुरालाई फेक अडिओ दिने तिमल्सिनाले धम्काएपछि सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा
अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिना।

काठमाडौं— अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्।

सिधा कुरा प्रकरणमा विवादित अडिओमा घिमिरेले अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि प्रतिवेदन उठाएका थिए। सोही विषयलाई आधार बनाएर भारतीय नम्बरबाट फोन गरेर धम्की दिएको घिमिरेले बताए।

अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेबापत सिधा कुरा ड कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् भने तिमल्सिना फरार छन्। दुई पत्रकारलाई सर्तसहित  ३ महिनाको कैद सजाय भएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो।

सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले सुनाएको फैसलामा आफूलाई पक्राउ गर्न सक्ने भन्दै उनी फरार छन्। उनले फेक अडियो बनाएको ठहर गर्दै माफी माग्ने अवसर पनि दिइएको छैन। रकम तिरेर कैद बाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०८:४०
Weather Update