News Griha :: न्यूजगृह
रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक
रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाई सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाइएको स्रोतले बतायो।
करेन्ट लागेर एकको मृत्यु, दुई घाइते
करेन्ट लागेर एकको मृत्यु, दुई घाइते मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए।
स्वास्थ्य स्वयंसेवीकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने, निःशुल्क चढ्न पाउने
स्वास्थ्य स्वयंसेवीकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने, निःशुल्क चढ्न पाउने महिला स्वास्थ्य स्वयंसेवीकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच यससम्बन्धी सम्झौता भएको हो।
अटो दुर्घटनामा गर्भवतीसहित ४ जना घाइते
अटो दुर्घटनामा गर्भवतीसहित ४ जना घाइते बैतडीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शुक्रबार दिउँसोतिर दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो दुर्घटनामा भएको प्रहरीले जनाएको छ। 
बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ काठमाडौंको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेस्टहाउसमा सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ।
मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप
मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए। ‘मोरङका एसपीको हेडक्वार्टरमा सरुवा भएको हो,’ प्रवक्ता कार्कीले भने।’
देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन 'ए' र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको...
दाङमा सर्प महोत्सव हुँदै
दाङमा सर्प महोत्सव हुँदै दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताए।
दाङमा टिपर दुर्घटना, चालकको मृत्यु
दाङमा टिपर दुर्घटना, चालकको मृत्यु मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए।
बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध
बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन्। चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ। बुद्धसिंह मार्गका दजैनाैँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरो पन्छाइएको थियो। 
देशभरको तापक्रम घट्दै, पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने
देशभरको तापक्रम घट्दै, पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Weather Update