झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञाआइतबार, कात्तिक ४, २०८१

बसमा भेटिएको ३ लाख रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो आइतबार, कात्तिक ४, २०८१ काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुनसहित सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की प्रशासनको अनुरोध आइतबार, कात्तिक ४, २०८१ रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरू प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरेका हुन्।

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास आइतबार, कात्तिक ४, २०८१ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
-1717758427.jpg)
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त आइतबार, कात्तिक ४, २०८१ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली शनिबार, कात्तिक ३, २०८१ सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरे। सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ।

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने शनिबार, कात्तिक ३, २०८१ नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
-1729343711.jpg)
सातदोबाटोमा गुडिरहेको बसमा आगलागी शनिबार, कात्तिक ३, २०८१ ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपरान्ह चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

जुम्लाका किसान धमाधम मार्सी धान थन्क्याउँदै शनिबार, कात्तिक ३, २०८१ दसैँ सकिएसँगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा गाउँपालिकाका जयशङ्कर धिताल बताउँछन्। गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपाली युवा मृत भेटिए शनिबार, कात्तिक ३, २०८१ चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगञ्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन्।
-1729333818.jpg)
कावासोतीमा जीप दुर्घटना हुँदा जनाको २ मृत्यु, २८ घाइते शनिबार, कात्तिक ३, २०८१ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो।

रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन शनिबार, कात्तिक ३, २०८१ आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि पनि रास्वपाका कार्यकर्ता भेला भएका छन्।

सामूहिक बलात्कारको आरोपमा पीडितकै पति पक्राउ, दुई किशोर फरार शनिबार, कात्तिक ३, २०८१ मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन्। दुई किशोर फरार छन्।