सल्यानमा २० दिने सुत्केरीको मृत्यु
सल्यान — सल्यानमा २० दिने सुत्केरीको मृत्यु भएको छ। कुमाख गाउँपालिका ५ झारकाँडाकी वर्ष २७ की सुत्केरी अस्मिता कुमाईको मृत्यु भएको हो।
आइतबार बेलुकी खाना खाएकोपछि एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए।
उनका अनुसार २०७६/०७७ मा कोरोना संक्रमणपछि कुमाई श्वासप्रश्वासको समस्याबाट प्रभावित भएकी थिइन्।
श्वासप्रश्वासको समस्याका कारण कुमाईको मृत्यु भएको हुनसक्ने ओलीले जानकारी गराए।
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१ ०९:३८