News Griha :: न्यूजगृह
बर्दियाको नेपाल-भारत सिमानामा गोली प्रहार, एक घाइते

बर्दिया— बर्दिया सदरमुकाम गुलरिया-८ स्थित नेपाल भारत सिमानामा आइतबार राति गोली प्रहार हुँदा एक जना घाइते भएका छन्।

करिब ७ बजे खेतमा काम गरि रहेको समय उनी माथि गोली प्रहार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ।

गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए। घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुर्‍याइएको थियो। उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए।

गोली कसले चलायो अनुसन्धान भइ रहेको छ। घाइते लोधले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन्। उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०८:४३
Weather Update