प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोधबुधबार, असार २०, २०८०
बागमती प्रदेश सरकारले बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बुधबार, असार २०, २०८० बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारूढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरू बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मंगलबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठक असार २७ गते बुधबार, असार २०, २०८० पार्टीका पदाधिकारीको बुधबारको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन बुधबार, असार २०, २०८० बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।

पार्टीको हितका लागि युवा पुस्ताले जिम्मेवारी लिनुपर्छ : नेता रिजाल बुधबार, असार २०, २०८० नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताए ।

लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सदन सञ्चालन गर्ने सहमति बुधबार, असार २०, २०८० लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।

सरदार प्रितम सिंहको नाम जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लज्जास्पद : कमल थापा बुधबार, असार २०, २०८०
1682937998.jpg)
राप्रपाले प्रदेश संयोजक तोक्यो, कसलाई कहाँ ? बुधबार, असार २०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।

नेसपाले संगठन विस्तारसँगै मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने मंगलबार, असार १९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवम् सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान सञ्चान गर्ने जनाएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्तिदेखि नाजायज म्यासेज गर्ने प्रहरीलाई कारबाही माग मंगलबार, असार १९, २०८० राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।

राष्ट्रिय सभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल मंगलबार, असार १९, २०८० राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।

संसदीय समितिको सभापति छिटो चयन गर्न तीन दलबीच सहमति मंगलबार, असार १९, २०८० मंगलबार सिंहदरबारमा बसेको सभामुख सहित शीर्ष तीन राजनीतिक दलका नेताहरूबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए ।

सभामुखले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै मंगलबार, असार १९, २०८० सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।









