News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल 
फाइल तस्बिर : राष्ट्रिय सभा बैठक ।

काठमाडौं— राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गरेका हुन् । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:५३
Weather Update