News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समिति बैठक असार २७ गते
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ ।

पार्टीका पदाधिकारीको बुधबारको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो । 

यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो । रासस

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:०६
Weather Update