News Griha :: न्यूजगृह
सभामुखले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै 
फाइल तस्बिर : सभामुख देवराज घिमिरे ।

काठमाडौं— सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । 

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ बजेदेखि छलफल गर्न लागेका हुन् । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ । 

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् । 

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको २ सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:०३
Weather Update