प्रधानमन्त्रीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दैबुधबार, कात्तिक ७, २०८१

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक बुधबार, कात्तिक ७, २०८१ बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एमालेका तीन नेतालाई सोधिएको स्पष्टीकरणमा के छ? मंगलबार, कात्तिक ६, २०८१ नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ। एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो।

नेसपाको नाम फेरियो, कोष्ठमा थपियो ‘नयाँ शक्ति’ मंगलबार, कात्तिक ६, २०८१ बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ।पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाममा नयाँ शक्ति थप गर्ने निर्णय गरेको हो।

संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन मंगलबार, कात्तिक ६, २०८१ घिमिरेले मङ्गलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए।

माओवादीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने, तयारीमा जुट्न प्रचण्डको निर्देशन मंगलबार, कात्तिक ६, २०८१ नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
-1716184453.jpg)
सभामुखले दलका प्रमुख सचेतक र संसदीय समिति सभापतिहरूसँग छलफल गर्दै मंगलबार, कात्तिक ६, २०८१ सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन्। छलफल बिहान साढे ११ बजे सभामुखको कार्यालयमा सुरु हुनेछ।

ओली नेतृत्व सरकारको १०० दिन पूरा: उपलब्धिमूलक भएन मंगलबार, कात्तिक ६, २०८१ नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो।

जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्: माधव नेपाल सोमबार, कात्तिक ५, २०८१ विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए। तर, एकता भने नगर्ने उनले सुनाए। माओवादी र एमालेमा आफूहरू जान लागेको हल्लामात्रै भएको उनको दाबी थियो। चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालको दाबी छ।

रवि लामिछानेले कास्की अदालत परिसरमा बोलेको विषयमा गृहमन्त्री लेखकको असन्तुष्टि सोमबार, कात्तिक ५, २०८१ आइतबार लामिछानेले अदालतमा उपस्थित हुँदा पत्रकारहरूसँग आफ्नो भनाइ राखेका थिए। अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृहमन्त्रीले चासो राखेका हुन्। यस विषयमा गृह मन्त्रालयअन्तर्गत निकायका प्रमुखहरूसँग गृहमन्त्री लेखकले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् बैठक स्थगित सोमबार, कात्तिक ५, २०८१ प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी गराएको थियो। यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको हो।

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, भेषबहादुर बने वनमन्त्री सोमबार, कात्तिक ५, २०८१ लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन्।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी दिएका थिए।

प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने ओलीले पुष्टि गरे, सयदिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छः प्रचण्ड सोमबार, कात्तिक ५, २०८१ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओेली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्।