सत्तारुढ दलको बैठक बस्दैशुक्रबार, कात्तिक ९, २०८१

रास्वपालाई लक्षित गर्दै एमालेले भन्यो- अदालती प्रक्रियालाई प्रभावित हुने गरी आन्दोलन गर्नु अनुचित बिहीबार, कात्तिक ८, २०८१ पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन् स् एमाले

तीन मन्त्रीले शपथ लिएसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल बिहीबार, कात्तिक ८, २०८१ लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए।

प्रचण्ड सरकारकै पालामा कार्यान्वयन भएका काम पनि ओलीको १०० दिने उपलब्धि सूचीमा बुधबार, कात्तिक ७, २०८१ त्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा कार्यान्वयनमा आएको ‘विदेशी लगानी स्वीकृत गर्ने स्वचालित प्रणाली (अटोमेटिक रुट)’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सम्पन्न भएको दाबी गर्दै १०० दिने उपलब्धिको सूचीमा समेटेका छन्।

सहकारीको बचत रकम ठगी गर्नेहरूमाथि कारबाही सुरु भएको छ : प्रधानमन्त्री ओली बुधबार, कात्तिक ७, २०८१ बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए।

सत्तारुढ दलको बैठकमा कसले के भने? बुधबार, कात्तिक ७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरूको बुधबार बालुवाटारमा बसेको बैठकमा ओलीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने बताएका हुन्।

बालुवाटार बैठक: राष्ट्रिय मुद्दामा एकढिक्का बन्ने निष्कर्ष बुधबार, कात्तिक ७, २०८१ सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बुधबारको बैठकमा सरकारको एकसय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।

रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः राजनैतिक प्रतिशोध भन्नु संसद्कै अपमान बुधबार, कात्तिक ७, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसद्को अपमान गरेको टिप्पणी गरेका छन्।
-1721103980.jpg)
बलियो सरकारको ‘हनिमुन’ पिरिएड: गफ धेरै काम थोरै बुधबार, कात्तिक ७, २०८१ नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। राजनीतिक स्थिरता, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास निर्माण तथा आर्थिक गतिविधिमा तीव्रता जस्ता सपना देखाउँदै दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन सरकार बनाएको सय दिन भएको छ। तर यसबीचमा सरकारले आम नागरिकमा आशा जगाउने उल्लेख्य काम केही...
-1729346267.jpg)
पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले रास्वपाले कारबाही गर्ने बुधबार, कात्तिक ७, २०८१ पूर्व उप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ।

राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने बुधबार, कात्तिक ७, २०८१ सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए।

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी बुधबार, कात्तिक ७, २०८१ ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन्। जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन्।

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड बुधबार, कात्तिक ७, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा जे आशंका गरिएको थियो सय दिनसम्म आइपुग्दा त्यस्तै देखिएको बताएका हुन्।