सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक डाकेका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १०:००