News Griha :: न्यूजगृह
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन संसदीय सुनुवाइ समितिबाट बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । परराष्ट्र सचिवसमेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपाल प्रतिनिधि भएर काम गर्नेछिन् ।
प्रचण्ड गुटलाई माओवादी हैन ‘प्रचण्डपन्थी’ भनौँः बाबुराम
प्रचण्ड गुटलाई माओवादी हैन ‘प्रचण्डपन्थी’ भनौँः बाबुराम नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातार आलोचना गरिरहेका छन्। यसै क्रममा भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध अर्को कटाक्ष गरेका छन्। 
प्रधानमन्त्री ओलीसँगको भेटमा रास्वपा उपसभापति अर्याल र नेता परियारले के भने?
प्रधानमन्त्री ओलीसँगको भेटमा रास्वपा उपसभापति अर्याल र नेता परियारले के भने? प्रधानमन्त्रीलाई भेटेर पार्टीले आयोजना गरेको बालुवाटार घेराउ शान्तिपूर्ण हुने बारे जानकारी गराएको प्रमुख सचेतक परियारले जानकारी दिए।
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोककुमार चौधरीसहित ५१ जना रिहा भएका हुन्। 
बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ
बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगञ्जमा राखिएको छ। त्यस्तै रास्वपाले अहिले भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको छ। प्रहरीले विभिन्न ठाउँमा ब्यारिकेड राखेर सुरक्षा कडा पारेको छ। प्रहरीले सर्वसाधारणलाईसमेत जाँच गरिरहेको छ।
रास्वपा सांसद अशोककुमार चौधरी पक्राउ  
रास्वपा सांसद अशोककुमार चौधरी पक्राउ   शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए। राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरेको हो।
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो। सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए।
रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई
रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपरान्ह गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जनाएको छ। ‘उपसभापति अर्याल सोमबार साँझ सवा ५ बजेतिर मन्त्रालयमै आउनुभएको थियो, गृहमन्त्रीज्यूसँग करिब १५ मिनेट कुराकानी गरेर निस्कनुभयो,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो।
कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो?
कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो? सत्तारुढ दल कांग्रेसका सांसदले गिरीबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।
धनराज गुरुङमाथि अनुसन्धान गर्न गगन थापाको माग
धनराज गुरुङमाथि अनुसन्धान गर्न गगन थापाको माग नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गरेका छन्। गुरुङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्।
Weather Update