News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने

काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।
गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषद्को अन्तिम समयमा स्थगित भएको थियो।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ। हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषद्को बैठक नराखिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:४६
Weather Update